६ आश्विन २०८१, आइतबार | September 22, 2024

वितरण कम्पनीले अनुमति नदिएपछि नेपालमा ‘टाइटानिक’को पुनः प्रदर्शन रोकियो



काठमाडौं । विश्वचर्चित फिल्म ‘टाइटानिक’ले आगामी माघ २७ गते (फेब्रुअरी १०) मा प्रदर्शनको २५ औं वर्षगाँठ मनाउँदैछ । उक्त अवसरमा केही समयका लागि यो फिल्मलाई संसारभर पुनः प्रदर्शन गरिंदैछ । प्राविधिक रुपमा स्तरोन्नति गरिएको फोरके संस्करणलाई देखाउने तयारी छ ।

तर उक्त मितिमा नेपाली दर्शकले ‘टाइटानिक’ हेर्न नपाउने भएका छन् । हलिउड वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरीको भारतस्थित कार्यालयले नेपाललाई प्रदर्शनको अनुमति नदिएपछि टाइटानिक नेपालमा पुनः प्रदर्शन हुन नपाउने भएको हो ।

फिल्म प्रदर्शनका लागि आग्रह गरिए पनि अनुमति नपाएको वितरक स्रोतले अनलाइनखबरलाई जानकारी दियो । ‘स्टुडियोले नै अनुमति नदिएपछि हामी योजना रोकियो,’ वितरक स्रोतले भन्यो ।

तर उक्त मितिमा संसारका ठूला बजारमा टाइटानिक पुनः प्रदर्शन हुँदैछ । बुधबार फिल्मको नयाँ ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । रि-मास्टर्ड गरिएको ट्रेलर चम्किलो र आकर्षक देखिन्छ । लियोनार्दो डिकाप्रियो र केट विन्सलेटको यो रोमान्स अहिलेसम्मकै लोकप्रिय लभस्टोरी फिल्म हो । सन् २०१२ मा नेपालमा यो थ्रीडी संस्करणमा रिलिज भएको थियो 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ४ : ५४ बजे