२ आश्विन २०८१, बुधबार | September 18, 2024

माल्दिभ्समा चीन समर्थक मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित

माले– माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी भएका छन् । प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मुइजले वर्तमान भारत समर्थक राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका छन् ।  मुइज हाल देशको राजधानी माले सहरका मेयर छन् । उनलाई चीनको समर्थक मानिन्छ । उनको चीनसँग बलियो सम्बन्धमा रहेको मानिन्छ। स्थानीय सञ्चारमाध्यमका अनुसार सबै ५८६ मतपेटिकाको नतिजा गणना गरेपछि मुइजले ५३ प्रतिशत मत पाएका हुन्…