९ असार २०८३, मंगलबार | June 23, 2026

बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता

गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै पाँच जना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव…