१ माघ २०८२, बुधबार | January 14, 2026

गगन थापामाथि खनिए ओली: संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको बताएका छन्। बुधवार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रस्तुत भएर उदण्डता देखाएको बताएका हुन्। उनले सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन भएको बताए।…