६ आश्विन २०८१, आइतबार | September 22, 2024

पूर्वी तराईमा अविरल वर्षा, डुबानको जोखिम

मुसलधरे वर्षासँगै पूर्वी तराईमा डुबानको जोखिम बढेको छ । खोला तथा नदीहरुमा पानीको बहाव उच्च बनेको छ । खोलाहरुमा जल सतह बढेर खतराको तह आसपासमा पुगेसँगै तटीय क्षेत्रमा जोखिम बढेको हो । उचित निकास नभएका स्थानमा पानी जम्न थालेको छ । शुक्रबार बिहान लगभग ३ बजेदेखि मोरङ, सुनसरी, झापालगायतका स्थानमा चट्याङ्सँगै मुसलधरे वर्षा भइरहेको छ…