६ आश्विन २०८१, आइतबार | September 22, 2024

गोरखामा उन्नत जातको ‘व्याड’ बोका वितरण

गोरखाको पालुङटार नगरपालिकाले नगरपालिकाभित्र नश्ल सुधारमार्फत मासु उत्पादन वृद्धि गर्न किसानलाई अनुदानमा ‘बोयर’ जातका ब्याड बोका वितरण गरेको छ । मासुमा नगरपालिकालाई आत्मानिर्भर बनाउन प्रयास गर्दै आएको पालुङटारले बाख्रामा नश्ल सुधार गर्दै मासु उत्पादन वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यसहित व्यावसायिक बाख्रापालक किसानलाई उन्नत जातको व्याड बोका वितरण गरेको नगरपालिकाका पशुशाखाका पशुचिकित्सक डा मरहट्टाले जानकारी दिनुभयो…