४ असार २०८३, बिहिबार | June 18, 2026

राष्ट्रिय भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ

नेपाल भलिबल संघले श्रेष्ठलाई नयाँ कप्तान नियुक्त गरेको हो। संघको सोमबार बसेको कार्यकारिणी समितिको बैठकले उनलाई कप्तान नियुक्त गरेको जनाइएको छ। यसअघि हरिहजुर थापा राष्ट्रिय भलिबल टोलीका कप्तान थिए। भलिबल संघले उनलाई असार ३१ मा कप्तानबाट हटाएको थियो। उनी गत महीना मात्रै कप्तान नियुक्त भएका थिए ।