११ श्रावण २०८२, शनिबार | July 26, 2025

त्रिविमा ‘सामसङ इनोभेसन क्याम्पस’ उद्घाटन



काठमाडौं: इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम अन्तर्गत सामसङ इनोभेसन क्याम्पसको उद्घाघटन गरेको छ। 

यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपमा तालिम दिइनेछ। जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रविधिको विकासमा यो अभ्यासले सहयोग गर्ने बताए। 

इनोभेसन क्याम्पसको उद्घाटन मन्त्री पौडेलसहित सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालय प्रमुख सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए। 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ५८ बजे