६ आश्विन २०८१, आइतबार | September 22, 2024

जसपा र एकीकृत समाजवादीबीच एकता नहुने



नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकता नहुने भएको छ । चुनाव सकिएलगतै देखि हाल सम्म एकताका लागि भन्दै दुई पार्टीबीच पटक-पटक वार्ता हुदाँ समेत एकताको टुगों लाग्न सकेको छैन | दुवै पार्टीले एकताका लागि छलफल गर्न छुट्टाछुट्टै वार्ता समिति बनाई दुई तीन चरणको छलफल समेत भएको छ ।

‘दस्तावेजको अध्ययनको काम त सकिएको छ, प्रतिवेदन तयार गरी प्रतिवेदनमाथि छलफल भइरहेको र केही दिनमा हामी बुझाउँछौं तर दुई पार्टी बीचमा भने तत्काल एकता हुँदैन, मोर्चासम्म बन्न सक्छ’ वार्ता समितिका सदस्य रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले भने |

शीर्ष नेताहरु सबैजना राष्ट्रपतिको चुनावमा व्यस्त रहेका कारण एकता प्रकृया अगाडि नबढेको बताउँदै उनले पार्टीको कार्यकारिणी समितिको बैठकमा यो विषयमा छलफल हुने बताए । वार्ता समितिका सदस्य रहेका जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीले पनि एकताको काम अगाडि नबढेको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : २२ बजे