काठमाठौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल लगातार चौथो जित निकालेको छ।
सोमबार भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले अपराजित हुँदै सिरिज जितेको हो ।
नेपालले घरेलु मैदानमा भएको यो सिरिजको चारै खेलमा जित निकाल्न सफल भएको हो ।
एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा जित निकालेको यो पहिलो पटक हो ।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले रनको अर्धशतकीय पारी खेले । बल खेलेका उनले चौका र छक्का प्रहार गर्दै रन बनाए ।
त्यस्तै करण केसीले ३१ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७ र आसिफ सेखले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्यान्डका लागि मार्क उटले तीन विकेट लिए । त्यस्तै क्रिस ग्रेवासले दुई विकेट हात पारे ।
जितसँगै नेपालले लिग २ मा २८ खेल खेलेको नेपालले २६ अंक जोडेको छ । नेपाललाई अब एकदिवसीय मान्यता जोगाउन आठ खेलमध्ये ५ खेलमा जित आवश्यक छ । नेपालले अन्तिम त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्नेछ ।
त्यसअघि नेपालले यूएईमा पीएनजी र यूएईसँग सिरिज खेल्नेछ । च्याम्पियन स्कटल्यान्डको भने ३६ खेलबाट ५० अंक छ ।
प्रतिक्रिया