४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

यस वर्षको मिस वर्ल्ड पहिलोपटक दुबईमा हुने



काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ ।

मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष जुलिया मोर्लीले इन्स्टाग्रामबाट यस्तो घोषणा गर्दै प्रतियोगिताको ७१ औं संस्करण यूएईमा हुने बताएकी छन् । सहमालिक नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले पनि यसअघि यस वर्षको मिस वर्ल्ड एसियामा हुने संकेत पहिले नै गरेका थिए ।

आगामी मे महिनामा दुबईमा फिनाले हुने भनिएपनि निश्चित मिति भने सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ७ : ५१ बजे