४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

जसपा सांसद सहनाज रहमानको निधन



फागुन-१३

जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको छ | उनको मध्यपुर ठिमी अस्पतालमा शनिबार निधन भएको हो ।

जसपा सांसद प्रदीप यादवका अनुसार आज भक्तपुरको घ्याम्पे डाँडामा पार्टीको भातृसंगठनले कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागी हुन पुगेकी सांसद रहमानको हृदयघातको कारण निधन भएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ९ : १२ बजे