६ असार २०८२, शुक्रबार | June 20, 2025

रविसँग मत माग्न रास्वपा कार्यालय पुगे रामचन्द्र



आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदमा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो लागि मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् । पौडेलसँग कांग्रेस नेताहरू डा। प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कालगायतका नेताहरू रास्वपाको पार्टी कार्यालय पुगेका हुन् ।

पौडेलले रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतसँग भेट गरी आसन्न चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । लामिछानेसँग राष्ट्रपतिका अर्का उम्मेदवार सुवास नेम्वाङ पनि रास्वपाको पार्टी कार्यालय पुगेर मत मागिसकेका छन् ।

रास्वपा वर्तमान सरकारबाट बाहिरिए पनि विश्वासको मत भने कायम राखेको छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १ : ४६ बजे