१७ माघ २०८२, शुक्रबार | January 30, 2026

आज सकिँदै राष्ट्रपति भण्डारीको कार्यकाल, निजी निवासमा सर्ने तयारी



राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ।

उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो।  राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन्। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

उनी यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।

गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ। शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : २८ बजे