१३ आश्विन २०८१, आइतबार | September 29, 2024

सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित



बैशाख-११

आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।    
    
 सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन् । उहाँहरु हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।    
    
 ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एकजना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उहाँले जानकारी दिनुभयो ।    

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ११ : ३९ बजे