१८ माघ २०८२, शनिबार | January 31, 2026

सिटी होटलको आईपीओ खुल्यो



बैशाख-२५

सिटी होटल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) खुलाएको छ।

कम्पनीले आज (वैशाख २५) गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुलाएको थियो।

दोस्रो चरणमा सर्वसाधारणका कम्पनीले ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ।

सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ। आईपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम् २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : ५३ बजे