१२ आश्विन २०८१, शनिबार | September 29, 2024

वन मन्त्रीमा महतो नियुक्त



जेठ-०९

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोक्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  २ : ४० बजे