१२ आश्विन २०८१, शनिबार | September 28, 2024

संसदमा चन्द्र भण्डारी



काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले आज संसदमा सम्बोधन गर्नुभएको छ।

आगलागीमा परी गम्भीर घाइते भएका सांसद भण्डारी लामो समयपछि संसद बैठकमा उपस्थित हुनुभएको हो ।उहाँले सरकारको नीति तथा कार्यक्रममा गर्नुपर्ने सुधारका विषयमा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो  । उहाँले  विश्व नै चामत्कारिक विकासतर्फ अघि बढिरहँदा नेपाल भने निकै पछौटेपनमा रहेको भन्दै यस बारे सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले आगलागीका घटना हुन नदिन खाना पकाउने ग्यासमा प्रयोग गरिने रेगुलेटर अटोमेटिक हुनुपर्नेमा समेत जोड दिनभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ३ : ४६ बजे