१२ आश्विन २०८१, शनिबार | September 28, 2024

सरसफाई कार्यक्रममा सहभागि हुन बालेनको आग्रह



जेठ-१२

काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।

स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा महानगरले बृहत सरसफाइ कार्यक्रम आयोजना गर्न लागेको हो ।

शनिबार बिहान ७ देखि १० बजेसम्म विशेष सरसफाइ कार्यक्रम आयोजना गरिदैछ ।

उक्त कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गर्नुभएको छ ।

सरसफाइ गरिने स्थानको छनोट र आवश्यक सामग्री वडाले उपलब्ध गराउनेछन् ।

संकलित फोहर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने काम महानगरको वातावरण विभागले निजी क्षेत्रको सहयोगमा गर्नेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १२ : ३० बजे