१२ बैशाख २०८३, शनिबार | April 25, 2026

पुल्चोकस्थित मन्त्री क्वार्टर पुगे रेशम चौधरी



जेठ-१५

राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर जेलबाट रिहा भएका रेशम चौधरी पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका छन्।

आइतबार बिहान डिल्लीबजार कारागारबाट छुटेका चौधरी सिधै मन्त्री क्वार्टर पुगेका हुन्। पुल्चोकमा उनको स्वागतका लागि सैयौंको संख्यामा नेता कार्यकर्ता उपस्थित भएका छन्।

चौधरी छुट्ने भएपछि उनका समर्थक र नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता आज बिहानै कारगार परिसरमा उपस्थित भएका थिए। त्यहाँ उनलाई फूलमालासहित भव्य स्वागत गरिएको थियो।

कारागारबाट छुटेपछि उनले टीकापुर घटनाको पुनः छानबिन हुनुपर्ने बताएका थिए।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ११ : ४५ बजे