१० आश्विन २०८१, बिहिबार | September 27, 2024

जीप दुर्घटना हुँदा सात जना घाइते



बाजुरा, १४ असार :
जिल्लाको बूढीनन्दा नगरपालिका–१ पीपलडालीमा जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटनामा परेको हो । सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटनामा परेको इलाका प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा परी मुगुको खत्याड गाउँपालिका–९ का १४ वर्षीय असल परियार घाइते भएको र सोही वडाका ३० वर्षीय पुन्न सार्की, ३० वषकै अर्का एक जना नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्णबहादुर सार्की र हिमाली गाउँपालिका–४ का वर्ष ३५ का छम्मा सुनार, वडा नं ६ का वर्ष १८ का मानबहादुर सार्की सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक कविन्द्रिसं बोहराले बताउनुभयो ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सवार व्यक्तिकोे ढाड, कम्मर, आँखा, नाकमा चोट लागेको छ । दश जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दिउँसो १ः३० बजे सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ८ : ३९ बजे