४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

लियोनल मेस्सी अमेरिकन क्लब इन्टर मियामी जानसक्ने तयारी



जेठ-२५

फ्रेञ्च च्याम्पियन पिएसजीसँगको सम्झौता सकिएपछि अर्को क्लबको खोजीमा रहेका अर्जेन्टाइन फरवार्ड  लिओनल मेसी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्।

बार्सिलोनाका पूर्वखेलाडी मेसी साउदी अरेबियाको अल-हिलालको आकर्षक प्रस्ताव अस्वीकार गर्ने तयारीमा समेत रहेको बिबिसीले उल्लेख गरेको छ।

मियामी सम्झौतामा एडिडास र एप्पल जस्ता ब्रान्डहरूको सहयोग समावेश छ।

३५ वर्षीय मेसीले सात पटक विश्वको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।  गत वर्ष विश्वकपको उपाधिपछि वर्षको अन्त्यमा अर्को अवार्ड जित्ने अपेक्षा गरिएको छ।

उनी अर्को सिजनको लागि युरोपमा रहन चाहन्थे तर, सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि उनीसँग इन्टर मियामी वा अल-हिलाल बीच छनोट थियो।

उनी साउदी अरेबियामा जाने बताइएको थियो, जहाँ उनी क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाजस्ता खेलाडीसँग आमनेसामने हुन्थे।

तर मेसी अन्ततः मेजर लिग सकर (एमएलएस) को क्लब इन्टर मियामीमा फुटबलभन्दा बाहिर फैलिएको ठूला ब्रान्डहरूसँगको सम्झौतालगायत विभिन्न कारणले त्यहाँ आकर्षित भए।

उनी बार्सिलोना फर्कन उत्सुक थिए, तर ला लिगामा अर्को सिजनको लागि हुने फाइनान्सियल फेयर प्ले सीमितताहरूले उनलाई आकर्षक पैसा दिएर भित्र्याउन कठिन देखिएको थियो।

पिएसजीमा दुवै सिजनमा लिग वान जितेका मेसीलाई पिएसजीबाट च्याम्पियन्स  लिगमा भने सफलता मिलेन।

उनले पिएसजीका लागि ७५ खेलमा ३२ गोल गरेर।

क्लबको आर्थिक समस्याका कारण २१ वर्षपछि उनले २०२१ मा बार्सिलोना छोडेका थिए।

मेसीले बार्सिलोनाका ६७२ गोल गरी १० ला लिगा उपाधि, चार च्याम्पियन्स लिग र सात स्पेनिस कप जितेका थिए।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १२ : २० बजे