६ असार २०८३, शनिबार | June 21, 2026

नागरिकता विधेयकविरूद्धको रिट फुयाल र रेग्मीको इजलासमा



जेठ-३०

नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिट मंगलबार रेग्मी र फुयालको इजलासमा परेको हो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो।

साथै ‍प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय पनि झिकाउन आदेश दिएको थियो।

यस विषयमा छलफल गर्न दुबै पक्षलाई मंगलबार बोलाएको थियो। आज दुबै पक्षले यस विषयमाथि बहस गर्नेछन्।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १ : ०४ बजे