४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपाल र ओमानबीच टस: टस जितेर ओमन पहिला ब्याटिंग



जेठ-३२

नेपाल आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि आज अन्तिम वार्मअप खेलमा ओमानसँग खेल्दै छ ।

जिम्बाबेको हरारेमा हुने यस खेलमा ओमानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।

नेपालले जिम्बाबे पुगेर यसअघि मंगलबार खेलेको खेलमा युएईसँग तीन विकेटको हार बेहोरेको थियो । त्यसअघि दक्षिण अफ्रिकामा खेलेका दुई अभ्यास खेलमा नेपाल स्कटल्याण्ड र नेदरल्याण्डससँग पनि पराजित भएको थियो । यसरी नेपालले अभ्यास खेलमा लगातार तीन खेलमा हार बेहोरेको छ ।

विश्वकप छनोट प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मा आयोजक जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसपछि असार ५ मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १ : २५ बजे