२ आश्विन २०८१, बुधबार | September 18, 2024

वर्षा कारण नेपाल र भारत ए को खेल रद्द



जेठ-३२

हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ ।

वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै नभई खेल रद्द गरिएको हो । रद्द भएपछि दुवैले एक-एक अंक पाएका छन् ।

समूह बी मा नेपालले दुई खेलपछि एक अंक छ भने भारतले ३ अंक जोडेको छ ।

बिहीबारै तय भएको पाकिस्तान ए र हङकङबीचको खेल पनि रद्द भएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धात्मक खेलमा ९ रनले पराजित भएको थियो ।

नेपालले समूहको अन्तिम खेल हङकङसँग शनिवार खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

भारत र पाकिस्तानको समान ३ अंक हुँदा नेपाल र हङकङको समान एक अंक छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  २ : ३६ बजे