१ आश्विन २०८१, मंगलबार | September 17, 2024

लियोनेल मेसीले ३५ वर्षमा गरे करिअरकै चाँडो गोल



असार-०१

अर्जेन्टिनाका ३५  वर्षीय स्टार स्ट्राइकर लियोनेल मेसीले आफ्नो फुटबल करीअरमै १ मिनेट १९ सेकेन्डमा गोल गर्दै  सर्वाधिक चाँडो गोल गरेका छन्।

मेसीले बिहीबार बेइजिङमा भएको अस्ट्रेलिया विरुद्धको मैत्रिपुर्ण खेलको सूरुवातमै गोल गर्दै आफ्नो उम्दा फर्मलाई जारी राखे।

अर्जेन्टिनाले अस्ट्रेलियालाई २-० ले पराजित गर्दै मेसीले आफ्नो जिबनको नया  कीर्तिमान बनाएका थिए । मेसीले टप लेफ्ट कर्नरमा गरेको प्रहार गोलमा परिणत हुँदा सुरुवातमानै अर्जेन्टिनाले अग्रता बनाएको थियो। दोस्रो गोल भने सब्सटिच्युट जर्मन पेजेलाले गरेका थिए। ६८ औ मिनेटमा पेजेलाको गोलसँगै विश्व विजेता अर्जेन्टिनाले मैत्रिपूर्ण खेलमा अस्ट्रेलियामाथि  सानदार जित निकाल्यो ।

अस्ट्रेलियाले भने पहिलो हाफमा पाएको राम्रो मौका गुमाएको थियो। अस्ट्रेलियाका माइक डकले पहिलो हाफमा गरेको राम्रो प्रहारलाई एस्टन भिल्लाका चर्चित अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले सहज रुपमा गोलमा परिणत गरेका थिए।

अर्जेन्टिनी स्टार मेसी निकै सहज लयमा मैदानमा देखिएका थिए। उनले केही समय अघिमात्र पिएसजी छाडेर इन्टर मायामीको यात्रा तय गरेका छन् । विश्वकपको उपाधि उचालेयता अर्जेन्टिनाको यो तेस्रो अन्तराष्ट्रिय खेल होभने अर्जेन्टिना बाहिरचाहि यो पहिलो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल हो।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : ३२ बजे