११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्धको पेशी आज



बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्धको रिटमाथि आजबाट सुनुवाइ हुने भएको छ ।

काठमाडौं महानगरपालिकाभित्रका हलहरूमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन शाहको निर्णयविरुद्ध चलचित्र संघ बुधवार उच्च अदालत पाटन पुगेको थियो |

संघका कानूनी सल्लाहकार तथा अधिवक्ता जयलाल भण्डारीमार्फत उजुरी दर्ता गरिएको हो । मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दर्ता भएको छ ।

काठमाडौं महानगरका मेयर बालेनले फिल्म ‘आदिपुरुष’को सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरभित्रका हलमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका थिए ।

संघले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेको छ । संघले निषेध ‘आदिपुरुष’का लागि मात्र भए केही नभएको बताउँदै महानगरले सबै हिन्दी फिल्म रोकेको र त्यो महानगरको क्षेत्रभित्र पर्छ कि पर्दैन भन्ने पनि थाहा हुने बताएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : ०१ बजे