१२ बैशाख २०८३, शनिबार | April 26, 2026

महोत्तरीमा शुक्रबारदेखि नागरिकता वितरण सुरु , धनुषामा आइतबारदेखि



असार-०८

जन्मसिद्ध नागरिकका सन्तानलाई महोत्तरीमा आजैबाट नागरिकता वितरण सुरु भएको छ।

सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए ।

उनका अनुसार नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको छ।जन्मसिद्ध नागरिकका सन्तानलाई महोत्तरीमा आजैबाट नागरिकता वितरण सुरु भएको छ।

धनुषा जिल्लामा भने आइतवारबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गरिने भएको छ।

आज पालिकाहरुलाई पत्राचार गर्ने र जनप्रतिनिधि तथा वडा सचिवहरुसँग छलफलपछि आइतवारबाट नागरिकता वितरण सुरु गरिने उनले बताए।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १२ : १५ बजे