४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र कुवेत भिड्दै



साफ च्याम्पियनसिप २०२३ अन्तर्गत आज फाइनल खेल हुँदै छ।

भारत र कुवेतबीच बेंग्लोरको श्री कान्तिरवा स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे खेल हुँदै छ।

कुवेत पहिलो सहभागितामै प्रतियोगिताको फाइनल पुगेको हो । यता कीर्तिमानी ८ पटक साफ जितेर दक्षिण एसियाको पावर हउसको रुपमा स्थापित रहेको भारत लगातार नवौं पटक साफको फाइनल खेल्दैछ । घरेलु मैदान र दर्शकको साथ पाएको भारत कीर्तिमानी नवौं पटक उपाधि उचाल्ने योजनामा छ ।

साफ च्याम्पियनसिपमा एकछत्र राज गरेको भारतले १३ पटक फाइनलमा स्थान बनाउँदा पाँच पटकमात्रै विपक्षीलाई नतिजा सुम्पेको छ।

 

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : ३२ बजे