४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

विश्वकप छनोट खेलेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली



जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् ।

प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो । नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो । विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए ।

नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १ : ०३ बजे