९ आश्विन २०८१, बुधबार | September 25, 2024

नारायणगढको प्रिमियर अटो ट्रेडर्समा अपग्रेडेड र अपडेटेड एनएस १६० र २०० लन्च



चितवन – नेपालमै सर्वाधिक बिक्री हुने बजाज कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल चितवनमा लन्च गरिएको छ । नारायणगढको सहिदचोकस्थित प्रिमियर अटो ट्रेडर्सले आज (शुक्रबार) एक कार्यक्रमकाबीच १६० एफआई एबिएस युएसडी र २०० सिसीको एफआई एबिएस बिएस सिक्स अपग्रेडेड र अपडेटेड एनएस सिरिजका दुई मोडलको बाइकको बिक्री प्रारम्भ गरिएको हो ।

यससँगै शोरुममा यी दुबै मोडलका बाइकहरुको बुकिङ पनि खुला गरिएको छ । यी बाइकमा चालकको सुरक्षालाई प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली जडान गरिएको छ । जसले ब्रेकमा राम्रो नियन्त्रण राख्न मद्त मिल्छ र दुर्घटना कम गर्न पनि सहयोग गर्छ ।

एनएस १६० मा १६० सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । यसले अधिकतम १७ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

त्यस्तै, एनएस २०० मा १९९.५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४.५ पीएस पावर र १८.७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ । दुबै मोटरसाइकलमा गियर पोजिसन इन्डिकेटर, डबल च्यानल एबीएस र नयाँ अलोय ह्वील राखिएको छ ।

पल्सर एनएस १६० को मूल्य ३ लाख ८४ हजार र एनएस २०० को मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेको छ । नगद र फाइनान्सको पनि सुविधा रहेको शोरुमका मार्केटिङ प्रमुख प्रकाश वाग्लेले जानकारी दिए ।

यी सिरिजका बाइकले नेपालीहरुको मन जित्ने विश्वास रहेको वाग्लेको भनाइ छ । शोरुममा यी नयाँ सिरिजका साथै अन्य सबै मोडलका बाइकहरु उपलब्ध रहेको पनि उनले बताए । शोरुमको सर्भिस सेन्टर भने शहिदचोक नारायणगढस्थित पुरानै ठाउँमा रहेको छ । उनका अनुसार भरतपुरको विरेन्द्र क्याम्पस गेट अगाडि मुख्य शोरुम सञ्चालनको तयारी पनि भइरहेको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : १३ बजे