६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण



असार-२६

बाँकेको नेपालगञ्जस्थित धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार उक्त प्रशिक्षण केन्द्र रु एक करोड १५ लाखको लागतमा बनेको हो । उहाँले नेपालगञ्जको धम्बोझीलाई खेलकुदको हब बनाउने गरी स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको बताउनुभयो ।
वडाअध्यक्ष रिजालका अनुसार ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माणका लागि सहरी विकास कोषबाट रु ६६ लाख,नगर विकास कोषबाट ३४ लाख र वडा नं १ बाट १५ लाख रकम सहयोग उपलब्ध भएको थियो ।
पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र नगरप्रमुख प्रशान्त विष्टले ब्याडमिन्टन प्रशिक्षण केन्द्र सोमबार उद्घाघाटन गर्नुभयो ।

यसैबीच वडा कार्यालयको आयोजनामा नवनिर्मित ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा भेट्रान खुला प्रतियोगिता सुरु भएको छ । सोही अवसरमा धम्बोझी निवासी पूर्वखेलाडीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ३ : २९ बजे