४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सोमपालको अर्धशतकमा पाकिस्तान ‘ए’ विरुद्ध नेपालको सम्मानजनक योगफल



काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग भिडिरहेको नेपालको ब्याटिङ निक्कै खराब भइरहँदा सोमपाल कामीले सम्हालिएको प्रदर्शन गर्दै अर्धशतक पुरा गरेका छन् ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले कमजोर प्रदर्शन लगातार विकेट गुमाइरहँदा सोमपालले केही आशा जगाएका छन् । सोमपालले ७७ बलको सामना गर्दै ५१ रन बनाएका छन ।

ताजा अवस्थामा नेपाल ३३ ओभरको खेल चलिरहँदा ९ विकेटको क्षतिमा १५२ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १ : १८ बजे