श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ ।
डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो ।
चार टोली सम्मिलित समूह ‘बी’को अंक तालिकामा नेपाल अहिले तेस्रो स्थानमा छ। यूएई ‘ए’ चौथो स्थानमा रहेको छ। भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छ।
नेपालले समूह चरणको अन्तिम खेल यूएई ‘ए’ विरुद्ध बुधबार खेल्नेछ।
प्रतिक्रिया