२ आश्विन २०८१, बुधबार | September 18, 2024

आज नेपाल र युएईबीच प्रतिस्पर्धा



आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ ।  एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र  युएईबीचमा प्रतिस्पर्धा हुन लागेको हो । आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।

आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : ०१ बजे