४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

युएई ‘ए’ ले नेपाललाई दियो १५८ रनको लक्ष्य, कुशल भुर्तेलले लिए ६ विकेट



श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’ ले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । कोलोम्बोमा जारी खेलमा यूएई ४४ ओभरमा १५७ रन बनाउँदै अल आउट भयो ।

युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ८२ बलमा ५२ रन जोडे।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए । त्यस्तै श्याम ढकालले दुई, कुशल मल्ल र पवन सर्राफले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १ : ३९ बजे