४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कुशल भुर्तेलको ब्याटिङ र बलिङ चम्किँदा युएईमाथि नेपालको जित



श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ माथि सहज जित निकालेको छ ।

कोलम्बोस्थित पी सारा ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई तीन विकेटले हरायो । जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।  नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले । विष्फोटिङ ब्याटिङ गरेका उनले ३९ बलमै ९ चौका र ४ छक्काको मदतमा उक्त रन जोडेका हुन् । बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए ।

समूह बी मा रहेको नेपाल र युएई समूह चरणबाट बाहिरीसकेका छन् । आजको जितले नेपालले प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : २० बजे