२ आश्विन २०८१, बुधबार | September 18, 2024

विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन पक्राउ



राजस्व अनुसन्धान विभागले हिजो साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको  जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उहाँले बताउनुभयो । उहाँले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिनुभयो । थप अनुसन्धान जारी रहेकाले भोलिसम्ममा धेरै कुराहरु खुल्ने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ५ : २५ बजे