८ आश्विन २०८१, मंगलबार | September 25, 2024

गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको राँके जुलुस प्रदर्शन



काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै राँके जुलुस प्रदर्शन गरेको छ ।

सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले तस्करीको सुन भन्सारबाट सहज रुपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन् ।

सुन तस्करी काण्डमा साना भरियाहरुलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ । प्रदर्शनमा सहभागीहरुले सर्वसाधारणलाई कचकच तस्करलाई रजगज, सुन तस्करलाई पक्राउ गर, सेट्रिमा सरकारको लस्कर, विगविगी सुन तस्कर, ‘सुन तस्करलाई फाँसी देलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ७ : ३३ बजे