२ आश्विन २०८१, बुधबार | September 18, 2024

मुग्लिन नारायणगढ सडक एकतर्फी सञ्चालनमा



चितवन, साउन ९ गते । पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । भारी वर्षापछि सडकखण्डको कालिखोलामा बिहान ७ बजेदेखि पहिरोले अवरुद्ध भएको सडक भर्खरै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

सानासाना पहिरो आइरहेकाले केही समय बन्द हुने र खुल्ने क्रम भएको प्रहरीले जनाएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखेको छ।

यस्तै, एकतर्फी सवारी साधन सञ्चालनमा आएपछि बाटो वारपार गर्नका लागि सवारी साधनको लाइन लागेको छ । साँघुरो स्थानबाट यात्रा गर्नपर्दा जाम हुने समस्या भएको प्रहरीले जनाएको छ । पानी पर्न रोकिए पहिरो पन्छाएर दुईतर्फी सवारी साधन सञ्चालन गर्न सकिने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ५७ बजे