१ आश्विन २०८१, मंगलबार | September 17, 2024

एमबाप्पेले अल-हिलाल क्लबको अफर अस्वीकार गरे



एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका खेलाडी हुन् किलियन एमबाप्पे । उनले पिएसजी छोड्न चाहेसँगै उनलाई अनुबन्ध गर्न केही क्लबहरुले इच्छा देखाएका छन् । तर, पिएसजीले साउदी अरेबियन क्लब अल-हिलालले सबैभन्दा लोभलाग्दो अफर दिएको छ ।

पिएसजीले उक्त अफर स्वीकार समेत गरेको छ ।

तर, उक्त अफरप्रति एमबाप्पे सकारात्मक नभई दिदाँ क्लब र खेलाडीबीच पुनः विवाद सुरु भएको बताइएको छ । अल हिलालले उनलाई अनुबन्ध गर्न ३०० मिलियन युरो अफर गरेको छ ।

त्यस्तै ७०० मिलियन तलबको प्याकेज पनि अफर गरेको छ । तर, उनले क्लबका प्रतिनिधिहरुसँग छलफल गर्ने प्रस्ताव अस्वीकार गरिदिएका छन् । रिपोर्टका अनुसार उनी स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध हुन चाहन्छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १२ : ०३ बजे