३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेपाल क्रिकेट संघ (क्यान) का पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको निधन



काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको निधन भएको छ । क्यानका सल्लाहकार समेत रहेका श्रेष्ठको शुक्रबार उपचारको क्रममा निधन भएको हो ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले सामाजिक सञ्जालमार्फत श्रेष्ठको निधन भएको उल्लेख गरेका छन् ।

सिंहले श्रेष्ठको निधनले सिंगो क्रिकेट जगतलाई ठूलो क्षति भएको समेत जनाएका छन् ।

श्रेष्ठले आईसीसी लाइफटाइम अचिभमेन्ट अवार्ड समेत हात पारेका थिए ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले श्रेष्ठको योगदान नेपाली क्रिकेटले सधैं सम्झिने बताइन्

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ४ : ५६ बजे