६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेपाली एनिमेटेड फिल्म ‘सलिना’को टिजर सार्वजनिक



एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र सलिनाको टिजर सार्वजनिक गरिएको छ। चलचित्रको सम्पूर्ण एनिमेसन तथा प्राविधिक काम नेपालमै गरिएको र यो नेपालकै पहिलो एनिमेटेड चलचित्र भएको चलचित्रका सम्पादक शिव पुरीको दाबी छ।

धेरै वर्षअघि राक्षसनीको आतंकले मानिसलाई दुःख दिएको र त्यसलाई रोक्न सलीना नामक योद्धा राजकुमारी लडाइँमा उत्रिएको कथावस्तुमा फिल्म आधारित छ । टिजरले फिल्मको यही कथावस्तुलाई एनिमेसनको मद्दतबाट चित्रण गर्ने प्रयत्न गरेको छ । ७३ सेकेन्ड लामो टिजर एक्सन प्रधान छ ।

सन् २०२३ भित्र सलिना सिनेमा हलमा प्रदर्शनीमा ल्याउने तयारी भइरहेको निर्माण टिमले जनाएको छ। शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगीन महर्जन, अविनाश सिंह थारू र शिरभा मानन्धर ग्राफिक कलाकारका रूपमा छन् । यसमा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदीति ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वरांकन गरेका छन् । फिल्मको निर्माता तेजशराज जोशी र श्रुति श्रेष्ठ हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ५६ बजे