३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सहकारी पीडितको पैसा सहकारीबाट सरकारले लिन्छ र सरकारले उपलब्ध गराउँछ : मन्त्री चौधरी



काठमाडौं, १९ श्रावण । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले सहकारी पीडितहरूको पैसा सहकारीबाट सरकारले लिने र पीडितहरूलाई सरकारले नै पैसा उपलब्ध गराउने बताएकी छिन्।

शुक्रबार सिंहदरबारस्थित् मन्त्रालयमा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन्।

उनले भनिन्, ‘बचत सुरक्षण कोष भनेको कुनै बचतकर्ताको रकम सहकारीमा डुबेको छ र उसले सहकारीमार्फत फिर्ता पाउन सकेनन् भने यस कोषमार्फत सरकारले उपलब्ध गराउनेछ र सहकारीबाट सरकारले लिनेछ।’

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ०१ बजे