१ आश्विन २०८१, मंगलबार | September 17, 2024

माओवादी केन्द्रका नेता जनार्दन शर्माको फेसबुक ह्याक



काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ । शर्माको ‘जनार्दन शर्मा प्रभाकर’ नामको फेसबुक पेज ह्याक भएको हो ।

शर्माले आफ्नो उक्त पेज केही दिनदेखि ह्याक भएको र हाल आएर ह्याकरद्वारा असान्दर्भिक पोस्टहरु हुन थालेको बताएका छन् ।

यसमा सचत हुन सम्पूर्णमा अनुरोध गर्दै शर्माले पेजलाई आफ्नो स्वामित्वमा ल्याउन प्राविधिक टोली प्रयासरत रहेको बताएका छन् ।

 

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १ : ०९ बजे