६ आश्विन २०८१, आइतबार | September 23, 2024

फिफाको वरीयतामा नेपाली महिला टिम १ सय १ औँ स्थानमा यथावत



काठमाडौँ- नेपाली महिला फुटबल टिमको फिफा वरीयता यथावत रहेको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १ सय १ औँ स्थानमा यथावत रहेको हो ।

दक्षिण एसियाली मुलुकमा भारत ६१ औँ, बंगलादेश १ सय ४२ औँ, श्रीलंका १ सय ५३ औँ, पाकिस्तान १ सय ५७ औँ, माल्दिभ्स १ सय ६० औँ तथा भुटान १ सय ६९ औँ मा रहेका छन् ।

स्विडेन शीर्ष स्थानमा हुँदा फिफा महिला विश्वकपको उपाधि जितेको स्पेन भने दोस्रो स्थानमा उक्लिएको छ ।

अमेरिका भने तेस्रो स्थानमा झरेको छ । फिफा विश्वकपमा उपविजेता बनेको इंग्ल्यान्ड चौँथो स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ३ : २१ बजे