११ माघ २०८२, शनिबार | January 24, 2026

एसिया कपका लागि सन्दीप आज पाकिस्तान जाँदै



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाँदै छन्।

उनी आज बिहान १० बजे पाकिस्तान जान लागेका हुन्।

सन्दीपमाथि अन्तिम सुनुवाइ हुनेगरी आइतबार तोकिएको पेशी हेर्न नभ्याइएका कारण भदौ २१ लाई सरेपछि पाकिस्तान जाने बाटाे खुलेकाे हाे।

उनी भदौ २१ अघिको पेशीअगावै काठमाडौं आइपुग्ने उनका वकिल सरोजकृष्ण घिमिरेले देश सञ्चारलाई जानकारी दिए।

एसिया कपका लागि नेपाली क्रिकेट टिमका अन्य सदस्यहरू भने पाकिस्तान पुगिसकेका छन्।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ८ : ३० बजे