६ आश्विन २०८१, आइतबार | September 22, 2024

पाकिस्तानविरुद्ध नेपालको खेल हेर्न जनकपुरमा दिउँसोबाट विद्यालय बन्द



काठमाडौं,१३ भदौ । एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्।

यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रस्तुत विषयमा सिमित साधन स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एशिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठुलो गौरवको कुरा भएको हुनाले आज (NEPAL-VS- PAKISTAN) पाकिस्तान संग एशिया कपको पहिलो खेल ३:०० बजे देखि खेलिने भएकोले हाम्रो गौरवालित टिमको हौसला बढाउन र विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउनका निम्ति आज मिति २०८०/०५/१३ गतेका दिन २:०० बजे पछि कुनै पनि Class संचालन नगरी बिदा गरिदिनहुन आदेशानुसार अनुरोध छ ’। 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  २ : ०७ बजे