३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपालको प्रत्येक छक्का र विकेटमा ५० हजार पुरस्कार दिने निर्देशक पन्तको घोषणा



काठमाडौं । चलचित्र निर्देशक चन्द्र पन्तले एसिया कप–२०२३ अन्तर्गत आज नेपाल र भारतबीच हुने खेलमा छ्रक्का हान्ने र विकेट लिने खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् ।

उनले छक्का हान्ने र विकेट लिने नेपाली खेलाडीलाई प्रतिविकेट र प्रतिछक्का ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेका हुन् । आजको खेलमा नेपाल विजय भए पाँच लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् ।

निर्देशक पन्तले इन्स्पायर नोबेल नेपाल फाउन्डेसन आईएनई, एनवाई यूएसएका तर्फबाट उक्त पुरस्कारको घोषणा गरिएको बताएका छन् । पन्त यो संस्थाको अध्यक्ष हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १२ : ०८ बजे