२ आश्विन २०८१, बुधबार | September 18, 2024

आज नेपाल र म्यानमार बिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल



काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ । खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

नेपाली टोलीले विश्वकप छनोटको प्रारम्भिक चरणको तयारीमा रहेका बेला म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालले अहिलेसम्म म्यानमारसँग दुई खेल खेलेकोमा दुवैमा हार व्यहोरेको छ । म्यानमार फिफा वरीयतामा १६०औँ स्थानमा रहँदा नेपाल १७५औँ स्थानमा छ ।

नेपाल र म्यानमारबीचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ११ : ३३ बजे